उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैती छठ सम्पन्न

वीरगंज, चैत ११ –

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको चैती छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ । वीरगंज लगायत पर्साका विभिन्न नदी, पोखरी तथा जलाशयमा बनाइएका छठघाटहरूमा आज बिहानदेखि व्रतालुहरू पुगरे सुर्यलाई अर्घ दिएपछि छठ समपन्न भएको हो ।

छठ पर्व आइतबार ‘नुहाए–खाए’ विधिबाट सुरु भएको थियो भने सोमबार ‘खरना’ सम्पन्न गरिएको थियो। मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म चल्ने छठ पर्व समापन गरिएको हो।

छठ पूजाका लागि ठेकुवा, केरा, नरिवल, उखु, स्याउ, सुन्तला, निम्बु, अदुवा, मुला, गाजर लगायतका फलफूल तथा प्रसाद तयार गरी सूर्य भगवान र छठी मातालाई अर्पण गरिएको छ ।

तराई–मधेश क्षेत्रमा विशेष श्रद्धा, निष्ठा र आस्थाका साथ मनाइने छठ पर्व धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा मानिन्छ ।

सम्बन्धित पोस्टहरुः