राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ सदस्य केसीलाई शपथ

वीरगंज , ११ चैत्र –

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिनुएका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २७५ सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्य निर्वाचित भएका छन्। केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित हुन् ।

ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई भोलि पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। सांसदहरूले शपथ लिएपछि भोलिपल्ट प्रधानमन्त्रीको शपथ कार्यक्रम हुने बताइएको छ।

सम्बन्धित पोस्टहरुः