अलौबासीले आइसिपी रोडमा गरेको चक्काजाम खुल्यो

राधेश्याम पटेल परवानिपुर ११ चैत /

वीरगंजको आइसिपी भन्सार सडकखण्डमा वीरगंज-१७ अलौका बासिन्दाले गरेको चक्काजाम केहीबेर अगाडि खोलेको छ ।

सवारी दुर्घटनामा परेर अलौका एकजना २५ वर्षीय युवक कवीर अन्सारीको हिजो दिउसो ०२:१५ बजेको समयमा अलौमाविको पूर्वपट्टिको चोकमा भन्सारबाट निस्केको जेएच ०२ बिक्यू ६९१९ नम्बरको भारतीय मालवाहक ट्रकले ठक्कर दिँदा अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो भने उनको बाइकको पछाडि बस्ने एकजना गम्भीर घाइते भएका थिए।

ड्राइपोर्ट चोकबाट अलौको घरमा भएको जाने क्रममा उक्त दुर्घटना भएको स्थानीय प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।

उनको मोटरसाइकलको पछाडि बसेका साढु भाइ भारत विहार पश्चिमी चम्पारण वैशाखवाका ५० वर्षीय भिखारी अन्सारीको नारायणी अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रक र चालक पर्सा प्रहरीको नियन्त्रणमा रहेको पर्सा प्रहरीले जनाएको छ।

आवश्यक क्षतिपूर्ति दिइनु पर्ने,ड्राइपोर्ट -आइसीपी चोक-पदम रोड आसपासमा रात्रीको समयमा बिजुलीबत्तीको प्रबन्ध मिलाउनुपर्ने,उचित ट्राफिक व्यवस्थापन गर्नुपर्ने र भान्सारबाट निस्किने गाडीलाई ट्राफिक जाम कम भएको समयमा पठाउनुपर्ने जस्ता माग राख्दै मृतक कबिरका परिवारजन आज बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म चक्काजाम गरेर प्रदर्शन गरेका थिए। त्यसपछि प्रहरीसँग भएको छलफलमा पनि आवश्यक क्षतिपूर्ति कानुनबमोजिम दिने र अन्य व्यवस्थापन मिलाउन प्रशासनले पहल गर्ने आश्वासन आएकोले चक्काजाम खुलेको परिवार जनाले बताएका छन्।

सम्बन्धित पोस्टहरुः