वीरगंज, ११ चैत्र –
माइस्थान मन्दिर सञ्चालक समितिको आयोजना र राउन्ड टेबल नेपालको सहयोगमा बुधबार माइस्थान प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रममा आठ महिला सहित ६५ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।
रक्तदान गर्नेहरुमा बबिता देवी थरुनी, ज्योती प्रधान श्रेष्ठ, रन्जु गिरी, स्मृती कार्की, नवराज भट्टराई, मोहित राजपाल लगायत रहेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभ राज पाण्डेले बताए ।
गहावामाई मन्दिर समितिका अध्यक्ष अध्यक्ष नरेन्द्र साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा राउन्ड टेबलका अध्यक्ष दिपक अग्रवाल, जनप्रतिनिधि , समाजसेवी, पत्रकार लगायतको सहभिता थियो।
कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वको टोलीले सहयोग गरेका थिए।









