नवनिर्वाचित सांसदद्वारा शपथ ग्रहण सम्पन्न

पर्सा,१२ चैत्र –

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनुभएको हो। शपथ ग्रहण कार्यक्रममा सांसदहरू आ–आफ्नै सांस्कृतिक भेषभूषामा उपस्थित भएका थिए।

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्।

सम्बन्धित पोस्टहरुः