वीरगंज – वीरगंज महानगरपालिका–२१ परवानीपुरस्थित संसारी माई मन्दिर नजिकै धूमधामका साथ चैते दशैं (नवरात्री) मनाइएको छ। विगत २० वर्षदेखि उक्त स्थानमा असोजको नवरात्री जस्तै चैते नवरात्रीमा पनि माता दुर्गाको विशेष पूजा–आराधना हुँदै आएको छ।
यस वर्षको नवरात्री पूजामा महिला तथा पुरुष गरी ३५ जना श्रद्धालु भक्तजनले नौ दिनसम्म उपवास बसेका थिए। आज कन्या पूजन सम्पन्न गर्दै नवरात्री पूजा समापन गरिएको पण्डित दिलिप उपाध्यायले जानकारी दिए।
नवरात्री पूजाले परवानीपुर तथा आसपासका क्षेत्रमा धार्मिक वातावरण सिर्जना गरेको स्थानीय श्रीभगवान साहहले बताए। संसारी माई मन्दिर दुर्गा मन्दिर भएकाले यसलाई शक्तिपीठका रूपमा पनि मान्ने गरिन्छ। मन्दिरमा श्रद्धापूर्वक पूजापाठ तथा मनोकामना व्यक्त गर्दा पूरा हुने जनविश्वास बढ्दै गएको स्थानीयवासीको भनाइ छ।
पूजा समापनको अवसरमा गाउँका श्रद्धालु भक्तजनलाई प्रसाद वितरण समेत गरिएको जनाइएको छ।










