जनमत पार्टी पर्साको अध्यक्षमा श्याम गुप्ता चयन

वीरगंज, १४ चैत्र –

आसन्न प्रतिनिधि सभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार भइ चुनाव लडेका श्याम गुप्ता जनमत पार्टी पर्सा जिल्लाको अध्यक्षमा चयन भएका छन्।

आज पर्सा जिल्लामा सम्पन्न पार्टी बैठकमा गुप्ता सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा मनोनित भएका हुन्।

त्यसैगरी बारामा शिवनाथ पटेल , रौतहटमा राम कल्याण राउत , सर्लाहीमा सुबोध मण्डल , महोत्तरीमा बिरेन्द्र महतो , धनुषामा अशोक साह , सिरहामा पंकज कुमार सिंह र सप्तरीमा संजीव नारायण यादव अध्यक्षमा चयन भएका छन ।

पर्सा जिल्लाका नवनियुक्त अध्यक्ष गुप्ताले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने र संगठन सुदृढीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित पोस्टहरुः