वीरगंज, १५ चैत । लैंङ्गिक हिंसा न्युनिकरण सञ्जालले हिंसापीडित महिलालाई राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको छ ।
पर्सा प्रहरीमार्फत हरिकला देवीकी आमालाई रु ५० हजार १०५ आर्थिक सहयोग गरिएको हो ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ३ बिरूवा टोल बस्ने वर्ष ३० को विश्वनाथ सहनीले आफ्नै श्रीमती वर्ष २५ की हरिकला देवी सहनीलाई घरायसी वाद–विवादका कारण योजना बनाई क्रुर अमानवीय तवरले धारिलो हतियार प्रहार गरि श्रीमतीको बाँया खुट्टा काटेका थिए ।
उनलाई गम्भीर घाइते बनाइ रग्तामै अवस्थामा छाडी भागेको सहनीलाई पनि प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
हरिकलाको घरको आर्थिक स्थिति दयनीय देखिएकोले पीडित घाइते हरिकला देवी सहनीको बुवा र आमालाई जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति कोषबाट नगद रू. ५० हजार एक सय पाँच रुपियाँको चेक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले हस्तान्तरण गरेका हुन् ।









