वीरगंज , १६ चैत्र –
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ। बैठक सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिएका छन्।
बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यसअघि शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नवयुवा आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
त्यसैगरी शासकीय सुधारसम्बन्धी १०० कार्यसूची पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो। उक्त कार्यसूचीको विस्तृत विवरण शनिबार सार्वजनिक गरिएको थियो।
आजको बैठकमा ती कार्यसूची कार्यान्वयन, प्रशासनिक सुधार, सुरक्षा अवस्था तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अनुमान गरिएको छ।








