महिलाको चरित्रहत्या गर्ने महिला साइबर ब्युरोद्वारा पक्राउ

वीरगंज, १६ चैत । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी, काठमाडौंले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने महिलालाई पक्राउ गरेको जनाएको छ ।

 
सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेण्ट गरी सार्वजनिक रूपमा बेइज्जत गराई, घृणा, द्वेष फैलाई मेरो चरित्र हत्या गरेको भनि पीडितको निवेदन ब्यूरोमा प्राप्त भएकोमा प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उक्त कार्य गर्ने रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १२ स्थायी वतन भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३१ शान्तिनगर बस्ने वर्ष ३५ को भगवती खड्काको संलग्नता खुल्न आएको हुँदा उनलाई पक्राउ गरिएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी गराएका छन् ।
 
खडकालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति २०८२ चैत १७ गते काठमाडौंबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौंको मिति २०८२ चैत्र १७ गतेको आदेशले दिन चार (४) म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्युरोले जानकारी गराएको छ । 
सम्बन्धित पोस्टहरुः