प्रधानन्यायाधीश राउतको कार्यकाल सकियो, नयाँ नेतृत्वको प्रक्रिया अघि

वीरगंज , १८ चैत्र –

प्रकाशमानसिंह राउत को प्रधानन्यायाधीशका रूपमा रहेको कार्यकाल मंगलबारबाट समाप्त भएको छ। ६५ वर्षे उमेर हद पूरा भएकाले उहाँ आज मध्यरातिदेखि अनिवार्य अवकाशमा जानुभएको हो।

उहाँले २०८१ साल असोज २० गतेदेखि सर्वोच्च अदालत को प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो। कार्यकाल समाप्त भएसँगै सर्वोच्च अदालतको नेतृत्व अब वरिष्ठ न्यायाधीशले सम्हाल्ने व्यवस्था अनुसार नयाँ नेतृत्व कायम भएको छ।

राउतको अवकाशपछि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश बन्नुभएको छ।

यसअघि न्याय परिषद् ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो। सिफारिस सूचीमा सपना प्रधान मल्लसँगै कुमार रेग्मी, हरि फुँयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ को नाम रहेको छ।

अब संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्त हुने प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित पोस्टहरुः