वीरगंज , १८ चैत्र –
वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसको नयाँ क्याम्पस प्रमुखमा सहप्राध्यापक डा. केशव कुमार यादव नियुक्त भएका छन्।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा कार्यकारी परिषद् अध्यक्ष प्रा. डा. दपिक अर्यालले बुधबार डा. यादवको नियुक्ति पत्र जारी गरेका हुन्।
त्रिवि संगठन तथा शैक्षिक प्रशासन नियम २०५० को परिच्छेद ५२, नियम १८५ (उपनियम २) अनुसार त्रिवि कार्यकारी परिषदको चैत १७ गतेको बैठकले यस नियुक्ति स्वीकृत गरेको थियो र चैत १८ गतेदेखि लागू हुने जनाइएको छ।









