प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट: बागमती र लुम्बिनी विजयी

वीरगंज, १८ चैत्र –

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

जनकपुरमा भएको खेलमा बागमतीले कर्णालीलाई ६० रनले हरायो। बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याउँदा कर्णालीले २५ ओभर १ बलमा १२० रन बनाउँदै सबै विकेट गुमायो। कर्णालीका निश्चल रावलले ३१ र दिनेश अधिकारीले २२ रन बनाए। बागमतीका कप्तान सन्दीप लामिछानेले ७ विकेट लिए। बागमतीका विवेक मगरले ५६ रन बनाए। कर्णालीका दिवान पुनले ३ विकेट लिए। यो बागमतीको प्रतियोगितामा दोस्रो जीत हो। बागमती ५ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको छ, कर्णाली ३ अङ्कसहित नवौँ स्थानमा छ।

वीरगञ्जमा भएको खेलमा लुम्बिनीले एपीएफ क्लबलाई ‘सुपर ओभर’ मा ८ रनले हरायो। ‘सुपर ओभर’ मा लुम्बिनीले १ विकेट गुमाएर १४ रन बनायो। १५ रनको लक्ष्य पछ्याएको एपीएफले १ विकेट गुमाएर मात्र ६ रन बनाउन सक्यो। एपीएफले ३९ ओभर ४ बलमा सबै विकेट गुमाएर १२४ रन बनाएको थियो। लुम्बिनीका अजय चौहानले ४ विकेट लिए भने कप्तान देव खनालले ४५ रन बनाए। एपीएफका कप्तान रोहित पौडेलले ३ विकेट लिए।

यो जीतसँगै लुम्बिनी ५ खेलमा ५ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा पुगेको छ, जबकि एपीएफ ३ अङ्कसहित सातौँ स्थानमा छ।

सम्बन्धित पोस्टहरुः