वीरगंज, १९ चैत्र –
प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउप्रति आपत्ति जनाएको छ।
एमाले सांसद गुरु बरालले बैठकमा उठ्दै संविधान विपरीत दफा १८१ र १८२ प्रयोग गरेर दुवै नेतालाई बन्दी बनाइएको भन्दै तत्काल रिहाइको माग गर्नुभएको छ।
बरालले भने, “यो गम्भीर आपत्तिको विषय हो। देशभर विरोध प्रदर्शन भइरहेको छ र सरकारले निर्मम दमन गरिरहेको छ। आजै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको रिहाइ हुनुपर्छ।”
सभामुख अर्जुननरसिंह केसीले विरोध जनाउने सांसदलाई वक्तव्य दिने समय उपलब्ध गराएका थिए।









