रास्वपा सरकारलाई एमालेको आक्रोशपूर्ण बधाई

वीरगंज, १९ चैत्र –

नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारलाई प्रतिनिधिसभा बैठकमार्फत बधाई दिएको छ।

संसदीय दलका नेता रामबहादुर थापाले बैठकमा दलीय दृष्टिकोणबाट सम्बोधन गर्दै, भदौ २३–२४ को जेनजी आन्दोलन घटनामा रास्वपाकै संलग्नता रहेको चर्चा गरे। तर उनले टिप्पणीसहित प्रधानमन्त्री बालेन शाहलाई बधाई दिन पनि सुझाव प्रस्तुत गरे।

थापाले भने, “रास्वपाको अघोषित रंग क्रान्ति भदौ २३ र २४ मा सफलतापूर्वक सम्पन्न भयो। फागुन २१ मा आमनिर्वाचित मार्फत निलोक्रान्ति सम्पन्न गरियो। चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित प्रधानमन्त्रीको नियुक्ति भयो। नेकपा एमालेको तर्फबाट यो अभूतपूर्व विजयी बधाई व्यक्त गर्दछौं।”

सम्बन्धित पोस्टहरुः