वीरगंज, १९ चैत्र –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा सबै सांसदलाई आश्वासन दिनुभएको छ कि अब कुनै पनि प्रतिपक्षीमाथि संख्याकै बलमा प्रतिशोध, अत्याचार वा फरक व्यवहार हुने छैन।
सभा सम्बोधन गर्दै लामिछानेले भने, “हिजो आफ्ना बचाउन र विपक्षीलाई फसाउन कानुन संशोधन र अध्यादेश ल्याइएको थियो। अब त्यस्ता गलत क्रियाकलाप सच्याइनेछन्। आस्थाका आधारमा फरक व्यवहार दोहोरिने छैन।”
उहाँले संसदीय प्रक्रियामा अन्यायपूर्वक विधि मिचेर कसैको माइक काटिने व्यवस्था नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। “संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन,” उहाँले स्पष्ट पार्नुभयो।
तर लामिछानेले यो सबै कदम अघि बढाउँदा सुशासनको गति नरोकिने पनि जोड दिनुभयो। “न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो। यसलाई प्रतिशोध भन्न पाइने छैन,” उहाँले भन्नुभयो।









