रास्वपा सभापति लामिछानेले दलित समुदायसँग माफी मागे

वीरगंज, १९ चैत्र –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा दलित समुदायसँग माफी माग्नु भएको छ। बिहीबार रोस्ट्रमबाट सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्याय र विभेदप्रति खेद व्यक्त गर्न हात जोडेर माफी माग्नुभएको हो।

उहाँले भन्नुभयो, “यो देशको दलित समुदायलाई मैले आज केही भन्नु छ। सदियौँदेखिको अन्यायका लागि हामीले माफी माग्यौँ। अब कुनै पनि नेपाली जातका आधारमा अपमानित महशुस गर्ने छैन।”

लामिछानेले सरकारका तर्फबाट पनि दलित समुदायसँग सार्वजनिक र सामुहिक माफी मागेको जानकारी दिनुभयो। उहाँका अनुसार आजसम्म दलित समुदायले भोगेको विभेद केवल अन्याय नभई संगठित अपराधको रूपमै भएको थियो।

सम्बन्धित पोस्टहरुः