लालगढमा सशस्त्र प्रहरी इन्स्पेक्टर घुससहित पक्राउ

वीरगंज , २० चैत्र –

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले धनुषाको लालगढबाट सशस्त्र प्रहरीका इन्स्पेक्टर वकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

शुक्रबार बर्दिबास बाट खटिएको अख्तियार टोलीले उनलाई नियन्त्रणमा लिएको हो। कमला–ढल्केबर–बागमती सडक खण्डमा सवारी साधन रोकेर अवरोध सिर्जना गर्दै घुस मागेको आरोपमा उनी पक्राउ परेका हुन्।

अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः