पोखरिया मालपोतबाट तीन जना बिचौलिया प्रहरीको नियन्त्रणमा

वीरगंज , २० चैत्र –

पोखरिया स्थित मालपोत कार्यालयमा अनावश्यक रूपमा प्रवेश गरी सेवाग्राहीलाई असुविधा पुर्‍याउने तीन बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शुक्रवार ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार, कार्यालयभित्र सेवाग्राही र कर्मचारीलाई हैरान पार्ने कार्यमा उनीहरू संलग्न भएको उजुरी आएको थियो।

पक्राउ परेकाहरूले आफू लेखापढी व्यवसायी भएको दाबी गरेका छन्। उनीहरूलाई अनुसन्धानको लागि प्रहरी कार्यालयमा राखेर छानबिन भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः