६९ औँ राष्ट्रिय सहकारी दिवस : वीरगंजमा प्रभातफेरी सम्पन्न

वीरगंज २० चैत्र –

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा “उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता” नारासहित वीरगंजमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सदस्य, सहयोगी र आम जनसमुदायलाई सहभागी गराएर सहकारी अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रममार्फत सहकारी क्षेत्रको सुदृढीकरण, उद्यमशीलताको प्रवर्द्धन र पारदर्शिताको महत्वबारे जनचेतना अभिवृद्धि गराउने लक्ष्य राखिएको आयोजकले जानकारी दिएका छन्।

सञ्चालक समितिमा अध्यक्ष हरेराम प्रसाद पटेल, वरिष्ठ उपाध्यक्ष जिष्णु बराल, उपाध्यक्ष नगनरायण सिंह, महासचिव राजीव कुमार साह सोनार, सचिव नरेश कुमार चौरसिया, कोषाध्यक्ष अरुण कुमार साह रहेका छन्। सदस्यहरूमा विश्वास प्रताप साह, हृदय नारायण साह, मनु राउत कुर्मी, धर्मनाथ प्रसाद कुशवाहा, सिता मुखिया विन, रमेश कुमार दत्त र निरा देवी झा रहेका छन्। कार्यक्रम संयोजकको जिम्मेवारी मनोज गुप्ताले सम्हालेका थिए।

आयोजकले सबैलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्दै सहकारी अभियानलाई अझ सशक्त बनाउने अपेक्षा राखेका छन्।

सम्बन्धित पोस्टहरुः