एसईईमा नक्कली परीक्षार्थी पक्राउ

पर्सा , २० चैत्र –

मकवानपुर प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिन खोज्ने युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिँदै गर्दा सिन्धुली मरिन गाउँपालिका–४ का १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिइएको हो।

बिकले हेटौंडा–१२, पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरेका थिए। उनी हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ का विद्यार्थी रहेको पुष्टि भएको छ।

घटनामा संलग्न अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिइएको छ। दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

सम्बन्धित पोस्टहरुः