रौतहटमा मालपोत कार्यालयमा सक्रिय चार बिचौलिया पक्राउ

रौतहट , २० चैत्र –

रौतहट सदरमुकाम गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने चार बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय गौरका अनुसार एकाराम नरेश, सिकित नारायण, संजय कुमार र बब्लु प्रसादले सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भनी प्रलोभन देखाएर रकम असुल्ने गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

दीर्घ समयदेखि मालपोत कार्यालय तथा वरिपरि सक्रिय रहेका यी बिचौलियाले आम नागरिकलाई दुःख दिने गरेको गुनासो बढेपछि प्रहरीले खटिएको बताइएको छ।

सम्बन्धित पोस्टहरुः