वीरगंज, २० चैत । मधेश प्रदेश नेत्रहीन क्रिकेट संघ र राउन्ड टेबल–बिएफआरटी ८ नेपालको संयुक्त आयोजनामा दृष्टि सम्बन्धी अपांगताहरूको लागि क्रिकेट प्रशिक्षण प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ ।
वीरगंज–५ मुनलाइट माविको प्रांगणमा हुने ५ दिने प्रशिक्षण कार्यक्रममा पर्वत, तनहु, चितवन, गोरखा, पर्सा लगायत मधेस प्रदेशका ८ गरी देशका १२ जिल्लाका दृष्टि सम्बन्धी अपांगता भएका २० खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ ।
आइज नेपाल पर्साका कोषाध्यक्ष रूपशिला जैसवालको अध्यक्षता एवं राउन्ड टेबल नेपालका अध्यक्ष दिपक कुमार अग्रवालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कंचनजंघा स्कुलका डाइरेक्टर मार्टिन मोक्तान, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सराफ, राउन्ड टेबलका मोहित राजपाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी मनकेशी चौधरीले अतिथीहरूलाइ खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य आइज नेपाल पर्साका सचिव उदित कुमार साह, सहजीकरण मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष एवं आइज नेपाल अध्यक्ष महेश साहले गरेका थिए।