वीरगंजका वरिष्ठ पत्रकार अधिकारी रेडियो नेपालको दीर्घ सेवा पदकले सम्मानित

वीरगंज, २० चैत्र –

तीन दशकभन्दा लामो सक्रिय पत्रकारिता यात्रामा आफूलाई समर्पित गरेका ध्रुब अधिकारीलाई रेडियो नेपालको ७६औँ वार्षिकोत्सव अवसरमा दीर्घ सेवा पदकले सम्मानित गरिएको छ।

काठमाडौंमा शुक्रबार आयोजित भव्य समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले अधिकारीलाई पदक प्रदान गर्दै उहाँको लामो सेवा र पत्रकारिताप्रतिको योगदानको प्रशंसा गरेका छन्।

ध्रुब अधिकारीले विक्रम संवत् २०५४ सालदेखि रेडियो नेपालमा संवाददाता रूपमा कार्य सुरु गरेका थिए र अहिले मधेस प्रदेश ब्यूरो प्रमुखको जिम्मेवारीमा कार्यरत छन्। उनका समाचार र रिपोर्टिङले मधेस क्षेत्रको आवाज राष्ट्रिय स्तरमा पुर्‍याएको बताइएको छ।

सम्बन्धित पोस्टहरुः