वीरगंज , २१ चैत्र –
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले व्यवसायी तथा शंकर ग्रुप का सञ्चालक शंकर अग्रवाल लाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै उनका व्यावसायिक साझेदार रहेका अग्रवाललाई पनि नियन्त्रणमा लिइएको हो। अग्रवाल र भट्ट व्यावसायिक साझेदार रहेको बताइएको छ।
प्रहरीले शंकर ग्रुपका अन्य सदस्य तथा कारोबारबारे पनि अनुसन्धान भइरहेको जनाएको छ। शंकर ग्रुप नेपालका ठूला व्यावसायिक घरानामध्ये एक मानिन्छ, जसले स्टिल, सिमेन्ट, जलविद्युत, उपभोक्ता वस्तु तथा व्यापार क्षेत्रमा लगानी गर्दै आएको छ।







