बालिकालाई यौन दुव्यवहार गर्न खोजेको आरोपमा वीरगंजका एक जना पक्राउ

वीरगंज , २१ चैत्र –

वीरगंज महानगरपालिका वडा नम्बर ८ मा ११ वर्षीया बालिकामाथि यौनजन्य दुर्व्यवहारको प्रयास गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। दुर्गा सिनेमा हल रोडमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय ईशमाईल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

परिवारका अनुसार बालिका पसलमा गएको समयमा ती व्यक्तिले अनुचित व्यवहार गर्न खोजेको आरोप छ। प्रतिकार गर्ने क्रममा बालिका त्यहाँबाट उम्किएर घर पुगेपछि घटनाबारे जानकारी बाहिर आएको हो।

घटनापछि पीडित परिवारले वडा प्रहरी कार्यालय बिर्ता मा निवेदन दिएपछि प्रहरीले खोजी गरी आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पोस्टहरुः