वीरगंज , २१ चैत्र –
प्रधानमन्त्री कप २०२६ अन्तर्गत खेलिएको २७औँ खेलमा गण्डकी प्रदेश ले कोशी प्रदेश लाई ३९ रनले पराजित गरेको छ। खेल वीरगंजस्थित टीबी शाह क्रिकेट मैदान मा सम्पन्न भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २२७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो। गण्डकीका अर्जुन कुमालले १४४ बलमा उत्कृष्ट १०२ रनको शतकीय पारी खेले। उनलाई विपिन खत्रीले ८६ बलमा ७६ रन जोड्दै राम्रो साथ दिएका थिए। बलिङतर्फ कोशी प्रदेशका दिपेश कंडेलले ४ विकेट लिए भने सुजन थपलियाले १ विकेट हात पारे।
२२८ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रनमा सीमित भयो। कोशीका दिपेश कंडेलले ७३ बलमा ५२ रन बनाउँदा आशिष मगरले ४० बलमा ३० रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। गण्डकी प्रदेशले उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गर्दै महत्वपूर्ण जीत हात पारेको हो।



