वीरगंज , २२ चैत्र –
प्रतिनिधिसभा नेपालको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
गत शुक्रबार सभामुख पदका लागि मनोनयन दर्ता गर्दा अर्यालको मात्रै उम्मेदवारी परेको थियो। सोही अनुसार आइतबार प्रतिनिधिसभा बैठकबाट उनी सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो।









