देशभरबाट २२६ जना गुण्डागर्दी र बिचौलियाको आरोपमा पक्राउ

वीरगंज , २२ चैत्र –

नेपाल प्रहरीले चार दिनको विशेष अभियानमा गुण्डागर्दी, बिचौलिया र अभद्र व्यवहारसम्बन्धी २२६ जनालाई पक्राउ गरेको छ। प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, चैत १८ देखि २१ गतेसम्म सञ्चालन भएको खोजी अभियानमा पक्राउ परेकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

पक्राउ पर्नेमा सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्‍याउने, बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलियाप्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्ने व्यक्ति समावेश छन्। यस अभियानअन्तर्गत चैत १८ गते काठमाण्डौ उपत्यकाबाट ५१, कोशी प्रदेशबाट १८ जना, १९ गते बागमती, मधेश र अन्य प्रदेशबाट ४३ जना, २० गते मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमबाट २४ जना र २१ गते काठमाण्डौ उपत्यकाबाट ६२ जना पक्राउ परेका छन्।

यसैक्रममा गुण्डागर्दीको आरोपमा ‘सानुभाइ’ भनिने युवराज गुरुङ पनि पक्राउ परेका छन्। प्रहरीले देशभरका कार्यालयमा कारबाहीको निर्देशन जारी गरेको छ। त्यस्तै, जिल्ला प्रहरी परिसर भक्तपुरले पनि हिजो विभिन्न ठाउँबाट ६० जनालाई पक्राउ गरेको छ।

सम्बन्धित पोस्टहरुः