चर्चले आयोजना गरेको कार्यक्रममा ७९ जनाद्वारा रक्तदान

वीरगंज, २२ चैत्र –

वीरगंज महानगरको मिथिलानगरमा क्वाईनोनिया चर्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका छन । कार्यक्रममा २३ महिलासहित ७९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

कार्यक्रममा सहभागी वीरगंज – १६ का वडाध्यक्ष परशुराम चौरसियाले प्रत्येक ३ महिनामा रक्तदान गरी सामाजमा मानवीय योगदान पुर्याउन आग्रह गरे ।

चर्चका पाष्टर राजकुमार घोमिरेको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा मार्टिन मोक्तान, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, राष्ट्रिय सम्पदा संरक्षण अभियानका संयोजक जफर अन्सारी लगायतको सहभागिता थियो ।

सम्बन्धित पोस्टहरुः