सरकारी कार्यालय अब विहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने

वीरगंज, २२ चैत –

सरकारले आजदेखि शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालय र सार्वजनिक निकाय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय लागू गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार इन्धन खपत घटाउने उद्देश्यले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने व्यवस्था गरिएको हो। सो निर्णय गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरिसकेको छ।

राजपत्रअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि दिउँसोसम्म कायम गरिने उल्लेख गरिएको छ।

सम्बन्धित पोस्टहरुः