कपिलवस्तु घटनामा गोली लागेका युवकको मृत्यु

वीरगंज, २३ चैत –

कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकाको वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ। भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो।

गोली पेटमा लागेर घाइते भएका यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

गत चैत ७ गते महाराजगन्जको वरगदा गाउँमा हिन्दु–मुस्लिम समुदायबीच भएको झडपपछि भड्केको भीड नियन्त्रण गर्ने क्रममा स्थानीय युवा र सुरक्षाकर्मीबीच झडप भएको थियो। सोही क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर यादव घाइते भएका थिए।

सम्बन्धित पोस्टहरुः