६ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

वीरगंज, २४ चैत –

सरकारले विभिन्न ६ देशका नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राजनीतिक कोटाबाट नियुक्त राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

फिर्ता बोलाइएकामध्ये भारतका शंकरप्रसाद शर्मा, अस्ट्रेलियाकी चित्रलेखा यादव, श्रीलंकाका पूर्णबहादुर नेपाली, दक्षिण कोरियाकी शिवमाया तुम्बाहाम्फे, डेनमार्ककी सुम्निमा तुलाधार र दक्षिण अफ्रिकाका कपिल श्रेष्ठ रहेका छन्।

परराष्ट्र मन्त्रालयले उनीहरूलाई एक महिनाभित्र जिम्मेवारीबाट फर्किन पत्राचार गरिसकेको जनाएको छ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न कूटनीतिक नियोगमध्ये केहीमा राजनीतिक कोटाबाट नियुक्ति गरेको थियो।

सम्बन्धित पोस्टहरुः