वीरगन्ज, २४ चैत –
नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारी अनुसार उनलाई १ लाख ४० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार, इन्जिनियर दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखेर लाइन छाडिदिने शर्तमा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो। उजुरीको आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सोमबार हनुमाननगर–कंकालिनी नगरपालिका १ बाट दासलाई नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान जारी रहेको सहायक प्रवक्ता अधिकारीले बताए।









