काठमाडौं । राजनीतिक संरक्षणमा विगत ८ महिनादेखि पक्राउ हुनबाट जोगिंदैआएका भारतीय नागरिक बाबुनन चौधरी कलवारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार नियन्त्रणमा लिएको छ ।
चौधरीका बिरुद्ध ८ महिनाअघि २०८२ भदौ २ गते जिल्ला प्रहरी कार्यालय रौतहटबाट पक्राउ पूर्जी जारी भएको थियो । तर, आम आदमी पार्टीका अध्यक्ष प्रभु साह र एमालेका सचिव महेश बस्नेतको दबाबमा उनलाई प्रहरीले पक्राउ गर्नसकेको थिएन ।
वालेन्द्र शाह सरकार गठन भएको १२ दिनमै चौधरी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार कुलेश्वरस्थित निवासबाटै उनलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बाबुनन चौधरीलाई सोमबार पक्राउ गरी मंगलबार रौतहट पठाइसकिएको बताए ।
नक्कली नागरिकता प्रकरणमा जिल्ला प्रहरी कार्याल रौतहटबाट पक्राउ पूर्जी जारी भएका बाबुनन चौधरी कलवार र उनका छोरा रोशन चौधरी अनुसन्धानलाई प्रभावित पार्न २०८२ फागुन २८ गते रास्वपाका नवनिर्वाचित सांसद अमरेशकुमार सिंहको शरणमा पुगेका थिए । तर पनि प्रहरीले दबाबमा नपरी उनलाई पक्राउ गर्न सफल भएको छ ।
अब रौतहट प्रहरीले उनको नागरिकताका बारेमा गहन अनुसन्धान गरेमा उनीसहित उनका छोराहरु रोशन चौधरी र दिपु चौधरीको गैरकानुनी निकासी कर असुली रोकिने अपेक्षा ललितपुर महानगरपालिकादेखि उपत्यकाका १५ वटै नगरपालिकाको मासिक दस करोडभन्दा बढी कवाडी कर संकलन हुने बाटो खुल्नेछ ।
नेपालको प्रहरी, अदालतदेखि सबैतिर सेटिङ गरी धादिङको धुनिबेसी नगरपालिकाको कवाडी करको ठेक्का लिएका भारतीय नागरिक बाबुनन र रोशन चौधरीको आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नले काठमाडौं उपत्यकाका स्थानीय तहबाट कवाडी कर संकलन गरेर जाने प्रत्येक गाडीसँग ४० हजार रुपैयाँसम्म निकासी कर गैरकानुनी रुपमा असुल्दैआएको थियो ।
एउटा पालिकाबाट उत्पादन भएको वा संकलन भएको सामानको कर अर्को पालिकाले कर लिन नपाउने अर्थ, गृह र संंघीय मामिला मन्त्रालयको परिपत्रबिपरीत अदालतम मुद्दा हाल्दै बरिष्ठ कानुन ब्यवसायीको लस्कर तयार गरी चौधरी बाबुछोराले दैनिक राजमार्गमा ३० लाख रुपैयाँ गैरकानुनी कर असुल्दैआएका छन् ।
को हुन् बाबुनन चौधरी ?
धादिङको धुनीबेसी नगरपालिकाको कवाडी संकलनको ठेक्का लिएर ललितपुर महानगरपालिकादेखि काठमाडौं उपत्यका राजमार्गमा अबैध निकासी कर असुल्ने गरेका भारतीय नागरिक बाबुनन चौधरी कलवार नेपालमा खाली सिसी पुराना कागज जस्तै कवाडी बटुली आफ्नो जीवन धान्न आएका थिए । बिहार, सितामढी जिल्लाका उनका घरमा २ छोरामध्ये रोशन चौधरीले कवाडी काममा नक्कली भ्याट बिल बनाएर अरबौं रुपैयाँ करछली गरेका थिए ।
राजस्व अनुसन्धान बिभागले नक्कली भ्याट बिलमा २५ करोड रुपैयाँ जरिवाना लगाउनेगरी मुद्दा दर्ता गरेपछि रोशनले पेशा परिवर्तन गरे । र, उनले एक सय ५० मोटरसाइकल चलाउने ३ सय भन्दा युवाको एक गिरोह खडा गरेका छन् । काठमाडौं उपत्यकाभित्रका कुनै पनि पालिकामा कवाडीको ठेक्का लगाउन मुद्दा मामिला गरेर नदिने धादिङका राजमार्गमा ढुकेर जबर्जस्ती कवाडी कर असुली गर्दैआएका छन् । एउटा गाडीसँग ४० हजार रुपैयाँसम्म कवाडी कर असुली गर्दैआएका रोशन चौधरी र उनका बाबु बाबुननले अदालतदेखि सबै निकायलाई प्रभावमा पारी दैनिक ३० लाख अवैध रुपमा निकासी कर ब्यवसायीबाट असुली गर्दैआएका छन् ।
एउटा पालिकाबाट गएको कुनै पनि बस्तु वा उत्पादनको कर अर्को पालिकाले लिन नपाउने अर्थ मन्त्रालय, गृहमन्त्रालयदेखि सबै निकायको परिपत्रबिपरीत रोशन चौधरीको आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नले राजमार्गमा निकासी कर गैरकानुनी रुपमा असुलिरहेको छ । काठमाडौं उपत्यकाको ललितपुर महानगरलाई मात्र अदालत प्रयोग गरी टेण्डर हुनै नदिएर रोशन चौधरीले बार्षिक १२ करोड रुपैयाँ घाटा पुर्याएका छन् ।
काठमाडौं उपत्यकाबाट बाटो हुँदै जाने जुनसुकै नगरपालिकाका कवाडी बोकेको गाडी, राँगाको हाड–सिङ बोकेको गाडीबाट जबर्जस्ती निकासी कर लिने छुट गैरकानुनी रुपमा रोशन र बाबुननले पाएका छन् । एउटा नगरपालिकाबाट उत्पादन भएको जुनसुकै सामानको कर अर्को स्थानीय तहले लिन नपाउने र त्यस्तो कर असुली गर्न रोक्न गृहमन्त्रालयले २०८१ कात्तिक १२ गते सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । तर त्यो निर्देशनबिपरीत रोशन चौधरीको आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नले राजमार्गमा निकासी कर गैरकानुनी रुपमा असुलिरहेको छ ।
बाबुनन र उनका छोरा रोशन चौधरीले झुटा बिबरण पेश गरी रौतहट र काठमाडौंबाट बंशजको आधारमा नागरिकता लिई बिभिन्न कम्पनी दर्ता गरेकाले छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो ।
गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय रौतहटमा बाबुनन चौधरीको नागरिकताको विवरणसहितको फाइल २०८१ माघ ७ गते पठाएको भए पनि नेपालफेसले बारम्बार समाचार लेखेपछि गएको भदौमा पक्राउ पुर्जी जारी त भयो । तर पैसाकै बलमा बाबुनन पक्राउ पर्नबाट जोगिंदैआएका थिए । रौतहटबाट बाबुननले झुटा विवरण पेश गरी लिएको नागरिकताका आधारमा काठमाडौंबाट रोशन र उनका भाइ दिपुले नागरिकता लिएका छन् ।
बाबुनन चौधरीको भारत, बिहारको जग्गाधनी पूर्जा र नेपालमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट झुटा बिबरण पेश गरी लिएको नागरिकता
भारतीय नागरिक बाबुननले रौतहटको साविक धर्मपुर गाविस–१ बाट ३२३०८७–१४ नम्बरको नागरिकता लिएको पाइएको छ । जबकि बाबुनन चौधरीको नाममा बिहार सरकारको राजस्व एवं भूमिसुधार बिभागबाट जारी भएको जग्गाधनीपूर्जा (जम्मावन्दी पंजी प्रति)ले उनी भारतीय नागरिक हुन् भन्ने पुष्टि हुन्छ । तसर्थ बाबुनन चौधरी र उनका छोराहरुमाथि नक्कली नागरिकता लिएकोमा कानुनी प्रक्रिया अगाडि बढाउनुपर्नेमा नेपालका अदालतदेखि राजनीतिक नेतृत्त्वले उनीहरुलाई दैनिक गैरकानुनीरुपमा ३० लाख निकासी कर असुल्न छुट दिएको छ ।
त्यही नक्कली नागरिकताका आधारमा बाबुनन चौधरीका छोरा रोशन चौधरीले पनि रौतहटबाट नागरिकता लिई काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा करोडौं मूल्यका ११ कित्ता जग्गा खरिद गरेका छन् । उनले ती जग्गा खरिद गर्दा तिरेको रकम अबैध हुन्डीमार्फत् लिएको छानबिन गर्दा खुल्ने स्रोत बताउँछ ।
रोशन चौधरीका बाबुछोराले इन्द्रेणी हार्डवेयर एण्ड सेनेटरी वेयर प्रा.लि., आकाशगंगा इन्टरप्राइजेज प्रा.लि. लगायतका थुप्रै फर्म दर्ता गरी नक्कली भ्याट बिल प्रयोग गरी ठूलो रकम राजस्व छली गरेको उजुरीमा राजस्व अनुसन्धान बिभागले छानबिन गरिरहेको छ । स्रोतका अनुसार राजस्व अनुसन्धानमा पनि रोशन र बाबुननले सेटिङ गरी अनुसन्धान रोक्न सफल भएका छन् ।
बाबुनन र उनका छोरा रोशन चौधरीले झुटा बिबरण पेश गरी रौतहट र काठमाडौंबाट बंशजको आधारमा नागरिकता लिई बिभिन्न फर्म दर्ता गरेकाले छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो । गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय रौतहटमा बाबुनन चौधरीको नागरिकताको विवरणसहितको फाइल २०८१ माघ ७ गते पठाए पनि प्रभु साहले प्रत्येक प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएर रोक्दैआएका थिए । तर हालका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसाल र प्रहरी प्रमुखले भारतीय नागरिक बाबुननलाई अनुसन्धान गर्ने साहस देखाएका छन् । साभार : nepalface.com








