वीरगंज, २५ चैत –
अपहरण तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा फरार रहँदै आएकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय विर्ता र अस्थायी प्रहरी पोष्ट भकुवाबाट खटिएको संयुक्त टोलीले वीरगंज–३ छपकैया टोलकी अन्दाजी २० वर्षीया रुबी खातुनलाई बुधबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनी उक्त मुद्दामा फरार सूचीमा रहेकी थिइन् र गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेकी खातुनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








