ओली र लेखक हाजिरी जमानतमा रिहा

वीरगंज, २६ चैत –

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ।

अदालतको आदेशअनुसार थपिएको पाँच दिनको म्याद सकिएपछि दुवै जनालाई हिरासतबाट मुक्त गरिएको हो। ओलीलाई भने उपचाररत शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

परिवारले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले म्याद सकिएपछि रिहा गर्न आदेश दिएको थियो। त्यसअनुसार सोमबार राति म्याद सकिएसँगै मंगलबार उनीहरू रिहा भएका हुन्।

गत १४ चैतमा पक्राउ परेका ओली र लेखकविरुद्ध गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लापरबाहीका कारण मानवीय क्षति भएको भन्दै फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो।

सम्बन्धित पोस्टहरुः