रौतहट, २६ चैत । रौतहटको मौलापुर नगरपालिकाले मौलापुर बजारका आगलगी पीडित जगदीश साहलाई राहत उपलब्ध गराएको छ ।
तीन दिनअघि साहको घरमा ग्याँस सिलिण्डर पडरुकेर आगलागी भएको थियो । घरवार विहीन भएका पीडरिुत परिवारलाई दैनिक प्रयोग हुने अतिआवश्यक राहत सामाग्री मौलापुरका मेयर रिनाकुमारी साहले उपलब्ध गरएकी छन ।
चामल, दाल, तरकारी, नून–तेल, त्रिपाल तथा नगद ५ हजार रुपियाँ सहित राहत सामग्री लिएर पीडित साह परिवारलाई नगरप्रमुख रिनाले उपलब्ध गराएको हो ।
बिहीवार मौलापुर नगरपालिकाले आगलगी पीडीत जगदीश साहलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ । चामल, दाल, तरकारी, नून–तेल, त्रिपाल तथा नगद ५ हजार रुपियाँ सहित राहत सामग्री लिएर घरमा पुग्नुभएका नगरप्रमुख रीना कुमारी साहले पीडीतलाई तुरून्त बासको ब्यवस्था समेत मिलाउने मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराएका छन् ।








