वीरगंज, २६ चैत ।
तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिहीवार चितवनले मकवानपुरलाई दुर्ई विकेटले पराजित गरेको छ । जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा मकवानपुरले प्रस्तुत गरेको १३४ रनको लक्ष्य १९.२ ओभरमा आठ विकेट गुमाएर पूरा गर्दै चितवनले महŒवपूर्ण जित निकालेको हो ।
चितवनको जितमा दिपेश श्रेष्ठ र सुदीप अर्यालले विष्फोटक ब्याटिङ गरे । दिपेशले १० बलमा तीन छक्का प्रहार गर्दै २२ रन बनाए । सुदीपले ९ बलमा दुर्ई छक्का र दुर्ई चौकासहित २२ रन जोडे । यसैगरी डेनिल गुरूङले ३१ र रिजन काफलेले २६ रन बनाए।
यसअघि टस जितेर ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा सात विकेट गुमाउँदै १३३ रन बनाएको थियो । मकवानपुरका लागि रोहित ठाकुरले अविजित २८, रामनरेश गिरीले २७, गौरव खड्काले २१, विशेषबिक्रम थापाले १८ र युविन बुढाथोकीले १४ रन बनाए ।
चितवनका दीपेश श्रेष्ठले तीन विकेट लिँदा सुदीप अर्याल र क्रिजन गुरूङले दुर्ईरदुर्ई विकेट लिए । दीपेश प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जीतपुरसिमरा उमपहानगरपालिकाका कार्यपालिका सदस्य अर्जुन रसाईली र युवा व्यवसायी किसन ढकालले पुरस्कृत गरे । शिक्षक बसन्त ढकालले जनकपुर बोल्ट्सको जर्सी हस्तान्तरण गरे ।
चितवनको जितसंगै समूह ‘बी’ को खेल रोमाञ्चक बन्न पुगको छ । यस समूहमा आयोजक जीतपुरसिमरा स्पोट्र्स क्लब, चितवन र मकवानपुर छन् । चितवन र मकवानपुरले एकरएक खेल जितिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रवार आयोजक र चितवनबीच खेल हुनेछ । उक्त खेलमा चितवन बिजयी भएमा सहजै फाइनलमा पुग्नेछ ।








