जीराभवानीको बलुवा टोलस्थित एक घरमा आगलागी

पर्सागढी, २७ चैत । पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा गएराति एक घरमा आगलागी भएको छ ।

जीराभवानी गाउँपालिका वडा न १ बलुवा टोलमा राती ११ः३० बजेको समयमा मोटर मुखिया बिनले घरमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी भएको हो ।
आगलागीबाट घरमा रहेको  अन्नपात, भाडाकुडा, लत्ताकपडा, १२ थान गहना, चार वटा बाख्रा, एक वटा गाई जलेको छ भने दुई दिन अगाडि छिमेकी लघुबित्त बिकास बैंकबाट घर बनाउनको लागि ऋण ल्याइ राखेको ६ लाख नगद पनि जलेर नष्ट भएको पीडित बिनले बताएका छन  ।
स्थानीयबासी, प्रहरी चौकी महादेव पटि र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महादेवपटिको सहयोगमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रहरी निरीक्षक समुन्न्त अधिकारीले जानकारी दिनुभयो ।
सम्बन्धित पोस्टहरुः