दमकमा नक्कली चाँदी बेचेको आरोपमा वीरगंजका दुई जना पक्राउ

वीरगंज, २७ चैत –

झापाको दमकमा नक्कली चाँदीलाई सक्कली भन्दै बिक्री गर्ने प्रयास गरेको आरोपमा वीरगंजका दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–६ घर भई हाल वीरगंज–१५ बस्दै आएका विशाल साह तेली र वीरगंज–१ छपकैयाका राजु साह सोनार रहेका छन्। उनीहरूलाई ठगीको आशंकामा स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीको जिम्मा लगाइएको हो।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै विषय चर्चामा आएको छ। पक्राउ परेकालाई छुटाउने प्रयास भइरहेको भन्ने चर्चा भए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन।

प्रहरीले दुवै जनामाथि अनुसन्धान अघि बढाएको बताउँदै यस घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत छानबिन भइरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः