मधेशका दुई सांसद संघीय सरकारको मन्त्री बन्दै

वीरगंज, २७ चैत –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई जना सांसदलाई मन्त्री बनाउने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकले मधेश प्रदेशबाट निर्वाचित दुई सांसदलाई मन्त्री पदमा सिफारिस गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार सप्तरीका सांसद रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइनेछ भने महोत्तरीकी सांसद गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइनेछ।

पार्टीले सरकारमा आफ्नो सहभागिता थप सुदृढ बनाउने उद्देश्यसहित यो निर्णय गरिएको जनाएको छ। यसलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ।

यसअघि सोही मन्त्रालय सम्हाल्दै आएका दीपक साह श्रीमतीको नियुक्तिसम्बन्धी विवादपछि पदबाट हटाइएका थिए। उनको स्थानमा अब रामजी यादवलाई जिम्मेवारी दिइने भएको हो।

सम्बन्धित पोस्टहरुः