पाँचौं परवानीपुर गोल्डकप वैशाख ५ गतेदेखि हुने

वीरगंज, २७ चैत ।
वीरगंज–२१ लिपनीबिर्तामा रहेको शक्ति युवा क्लब परवानीपुरको आयोजनामा आगामी वैशाख ५ देखि १२ गतेसम्म पाँचौं परवानीपुर गोल्डकप आयोजना हुँदैछ ।
राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा वैशाख ५–१२ गते साँझ ३ बजेदेखि ५ बजेसम्म हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगंज युनाइटेड क्लब, वीरगंज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब, बारा, रौतहट, सर्लाही, चितवन, एपिएफ बर्दिवास आठवटा टीम सहभागी हुनेछन् ।
प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने छ । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
सो प्रतियोगिता सभ्य र भव्यरुपमा सम्पन्न गराउन सम्पूर्ण परवानीपुर शक्ति युवा क्लबका पदाधिकारी, स्थानीय खेलाडी, पर्सा–बाराका जनप्रतिनिधि, सुरक्ष्Fा निकाय, चन्दादाता, उद्योगी–व्यवसायी एवं खेलप्रेमी तथा सञ्चारकर्मीहरुलाई आआफ्नो तर्फबाट सहयोग गरी सफल बनाइदिन अयाोजकले अनुरोध समेत गरेको छ ।

सम्बन्धित पोस्टहरुः