पर्साका चार सांसद संसदीय समितिमा मनोनित

वीरगंज, २८ चैत –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साबाट निर्वाचित चार प्रतिनिधिसभा सदस्य विभिन्न संसदीय समितिमा मनोनित भएका छन्।

पर्सा क्षेत्र नं १ बाट निर्वाचित तथा रास्वपा पर्सा जिल्ला सभापति बुद्धि प्रसाद पन्त (हरि पन्त) र क्षेत्र नं ४ का सांसद टेक बहादुर शाक्य उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यमा मनोनित भएका छन्।

त्यसैगरी पर्सा क्षेत्र नं २ का सांसद सुशील कुमार कानु कानून, न्याय तथा मानवअधिकार समितिको सदस्यमा मनोनित भएका छन्।

यस्तै पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद रामाकान्त प्रसाद चौरसिया पूर्वाधार विकास समितिमा मनोनित भएका छन्।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सूचीअनुसार संसदीय समितिहरूको गठन प्रक्रिया पूरा भएसँगै सांसदहरूको जिम्मेवारी बाँडफाँट गरिएको हो।

संसदीय समितिहरूलाई विधेयक अध्ययन, नीति निर्माण र सरकारका कामकारबाहीको अनुगमनमा महत्वपूर्ण अंगका रूपमा लिइन्छ।

सम्बन्धित पोस्टहरुः