वीरगंज, ३० चैत –
मधेश प्रदेशमा जंक फूडको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न प्रतिबन्ध लगाउनुपर्ने माग उठ्न थालेको छ।
बालअधिकारसँग सम्बन्धित संघसंस्थाहरूले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको भन्दै विद्यालय तथा सार्वजनिक स्थानमा जंक फूड बिक्रीमा रोक लगाउन सुझाव दिएका छन्।
उनीहरूले प्रदेश सरकारलाई आगामी नीति तथा कार्यक्रममा यस विषयलाई प्राथमिकतामा राख्दै स्पष्ट व्यवस्था गर्न आग्रह गरेका छन्।
प्रदेश सरकारले भने प्राप्त सुझावलाई समेटेर आवश्यक नीति निर्माणतर्फ अघि बढ्ने संकेत दिएको छ।
विशेषज्ञहरूका अनुसार जंक फूडको अनियन्त्रित प्रयोगले बालबालिकामा मोटोपन, कुपोषण र स्वास्थ्य समस्या बढ्ने जोखिम रहेको छ।








