वीरगंज, २ वैशाख –
मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्।
बागलुङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित कुँवरले सभामुखसमक्ष राजीनामा बुझाउँदै वैशाख २ गतेदेखि लागू हुने बताएका छन्।
राजीनामा पत्रमा उनले मतदाता र समर्थकप्रति आभार व्यक्त गर्दै जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचना गरेका छन्। पदमा नरहे पनि जनसेवा निरन्तर रहने उनको भनाइ छ।
आजै गण्डकी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन हुँदा आफू समेटिन नसकेपछि उनले राजीनामा दिएका हुन्।










