बिहारमा राजनीतिक परिवर्तन, सम्राट चौधरी मुख्यमन्त्री बने

वीरगंज, २ वैशाख –

भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्वपूर्ण परिवर्तन भएको छ। भारतीय जनता पार्टी (भाजपा)का नेता सम्राट चौधरीले मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन्।

राज्यपाल सैयद अता हसनैनले बिहार लोक भवनमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथसँगै लामो समयदेखि राज्यको नेतृत्व गर्दै आएका नितिश कुमारको युग समाप्त भएको संकेत गरिएको छ।

राजनीतिक पुनर्संरचनापछि चौधरीले बिहारको पहिलो भाजपा मुख्यमन्त्रीका रूपमा नेतृत्व सम्हालेका छन्। यसलाई राज्य राजनीतिमा नयाँ युगको सुरुवातका रूपमा लिइएको छ।

चौधरी यसअघि उपमुख्यमन्त्री र प्रदेश अध्यक्षको जिम्मेवारीमा रहिसकेका अनुभवी नेता हुन्। उनको उदयलाई संगठन विस्तार र समुदायगत समर्थन सुदृढीकरणको रणनीतिक कदमका रूपमा पनि हेरिएको छ।

सम्बन्धित पोस्टहरुः