वीरगंज , २ वैशाख –
नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले खड्काकी श्रीमतीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै हालको अवस्थामै थुनामा राख्न आदेश दिएको हो।
सर्वोच्चले सो मुद्दाको अर्को सुनुवाइका लागि वैशाख ३ गते पेसी तोकेको छ। आदेशमा निवेदकलाई वर्तमान अवस्थामै राख्न निर्देशन दिइएको उल्लेख छ।
खड्का चैत १५ गते पक्राउ परेका थिए। उनीमाथि जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको नगद र त्यससँग सम्बन्धित विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।







