अब पर्सा प्रशासनले दिन थाल्यो नागरिकता सँगै राष्ट्रिय परिचयपत्र

वीरगंज, ३ बैशाख –

जिल्ला प्रशासन कार्यालय पर्साले सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ।

अब नागरिकता बनाउने क्रममा नै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ।

नयाँ व्यवस्थापछि नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा करिब एक घण्टाभित्रै उपलब्ध हुन थालेको कार्यालयले जनाएको छ। यसले सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउनुपर्ने झन्झट हटाएको छ भने समय र खर्च दुवै बचत भएको प्रतिक्रिया सेवाग्राहीहरूले दिएका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार नागरिकता वितरणसँगै राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाउने लक्ष्यका साथ यो व्यवस्था लागू गरिएको हो।

यसबाट सरकारी सेवा प्राप्ति, पहिचान प्रमाणीकरण तथा डिजिटल प्रणाली सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रशासनका अनुसार अब छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने अवस्था हटेकाले सेवा अझ छरितो र पारदर्शी हुने विश्वास गरिएको छ।

साथै, दीर्घकालीन रूपमा डिजिटल अभिलेख व्यवस्थापन र नागरिकको सेवामा पहुँच सहज बनाउन यो पहल महत्त्वपूर्ण हुने बताइएको छ।

सम्बन्धित पोस्टहरुः