जनकपुरमा भीषण आगलागी, करिब १५ करोड क्षति

वीरगंज, ४ वैशाख –

धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा रहेको जनकपुर रिफाइनरीमा गएराति भीषण आगलागी भएको छ।

आगलागीका कारण रिफाइनरीमा जडान गरिएका महत्वपूर्ण स्टिम र थर्मोफुल मेसिन जलेर नष्ट हुँदा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए।

आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पाँच वटा वारुणयन्त्र परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार आगलागीको कारण अझै खुल्न सकेको छैन।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र क्षतिको पूर्ण विवरण सङ्कलन गर्न केही दिन लाग्ने जनाइएको छ।

सम्बन्धित पोस्टहरुः